सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामानमा भन्सार नियमप्रति गगन थापा भन्छन्- आखिर किन र कसका लागि ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले लागू गर्न खोजेको १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार बुझाउनुपर्ने नीतिलाई अव्यवहारिक र नागरिक–मैत्री नभएको भन्दै कडा आलोचना गरेका छन्। सर्लाहीको सीमा क्षेत्र मधुवनीबाट फर्किएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन अत्यन्तै प्रभावित भएको बताएका छन्। उनका अनुसार हालै संघीय सरकारले कडाइका […]