सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिएका थिए । विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीर