लियोनल मेस्सी बार्सिलोनामै रहने भएका छन्। स्पेनिस अखबार मार्काका अनुसार मेस्सीले बार्सिलोनामा रहन नयाँ सम्झौता गर्न लागेको उल्लेख गरेको छ। यसै सिजनको अन्त्यपछि बार्सिलोना र मेस्सीबीचको अनुबन्ध सकिएको थियो। ३४ वर्षीय मेस्सी १३ वर्षको उमेरदेखि बार्सिलोनामा छन्। गत वर्ष नै बार्सिलोना छाड्ने मनस्थितीमा देखिएका मेस्सी क्लबले बाटो नखोलिदिएपछि स्पेनिस क्लबमै रहेका थिए। उनलाई म्यानचेस्टर सिटी, […]