प्रधानमन्त्री कृषि आधुनिकीकरण सुनसरीमा जनशक्ति  दिन माग

काठमाडौं : नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।उनले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गरे। दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उनको भनाइ थियो।सांसद आचार्यले भने,

सम्बन्धित सामग्री

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच करोडको कार्यक्रम सार्वजनिक

गोरखा- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमामा लागू हुनेगरी रु पाँच करोडभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । परियोजनाले चालु आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वीकृत भएर आएको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । दुई जिल्लाका लागि परियोजनाअन्तर्गत चालु आवमा पुँजीगत तथा चालु खर्चका लागि रु पाँच करोड पाँच लाख रकम […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

बलेवा, ३ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा सञ्चालन गरेको बाख्रा ब्लक र आलु ब्लक कार्यक्रमका लागि विभिन्न संरचना तयार गरेको छ । पशुधनको रुपमा बाख्राको व्यावसायिक उत्पादन र आलुको व्यावसायिक उत्पादनका लागि कार्यक्रमले किसानलाई सहयोग गरेको हो । आव २०७९/८० मा मात्रै बागलुङ जिल्लाभर ६२ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी

जाजरकोट, २३ असार । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । यहाँका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो । परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको […]

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

जनकपुरधाम – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन। परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार ६ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ। जिल्लास्थित सरोकारवालासँग दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गर्न आज जनकपुरधाममा आयोजित कार्यक्रममा परियोजना कार्यान्वयन एकाइ […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खारेजी कि पुनर्संरचना ?

१८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ को पुनर्संरचनाको घोषणा गर्‍यो । गत आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य केही कार्यक्रम प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरे । बजेटको यो घोषणालाई लिएर कतिपयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खारेजीलाई […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनसंरचना गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनसंरचना गरिने भएको छ । सरकारीस्तरबाट नै परियोजनामाथि प्रश्न उठि रहेको बेला त्यसलाई पुनसंरचना गर्ने भनि सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो परियोजना पुनसंरचना गरिने उल्लेख गरेका छन् । कृषिमा सुचना प्रविधिलाई अगाडि बढाउने कुरामा जोड दिँदै कृषि वीमालाई अगाडि बढाउन पनि सरकारले जोड दिइने भनिएको छ । कृषि उपजको गुणस्तरमा ध्यान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति र बजेट

कैलाली । देशका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको छैन । पन्ध्रौँ योजनामा रुपान्तरणकारी योजनाका रूपमा पहिचान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरुआती अवस्थादेखि नै आवश्यक जनशक्ति पाउन नसकेको परियोजनाका अधिकारीहरूको गुनासो छ । परियोजना व्यवस्थापन […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट सार्वजनिक

दाङ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि रु १३ करोड बजेट कार्यान्वयनमा ल्याउने भएको छ । जिल्लाका १० वटै पालिकालाई सम्बोधन गर्ने गरी सङ्घीय, प्रदेश सरकार र स्थानीय तहबाट कार्यान्वयनमा लैजाने गरी जोन विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम र पकेट विकास कार्यक्रमका लागि सो बजेट विनियोजनबारे बुधबार घोराहीमा […]

रुपन्देही र नवलपरासीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति निराशाजनक

११ भदौ, बुटवल । कृषि क्षेत्रको रुपान्तरण गर्ने भनेर पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति रुपन्देही र नवलपरासीमा निराशाजनक पाइएको छ । कुल परियोजना अवधिको आधा समय सकिंदासम्म स्थानीय तहमा सञ्चालित ब्लक तथा पकेट कार्यक्रमको प्रगति निराशाजनक देखिएको हो । कृषितर्फ तुलनात्मक सुधार देखिएपनि बाख्रा पकेट क्षेत्रका लागि सञ्चालित कार्यक्रम कार्यान्वयन कमजोर […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रम

खर्च गर्ने क्षमता ह्रास हुदै गए तापनि बजेट कम दिइएको भन्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।परियोजनाका लागि बजेटको सिलिङ कम भएकाले नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको […]