राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ। आगामी प्रतियोगिता २०८१ मंसिरमा कर्णाली प्रदेशले गर्ने तय भएको हो।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई बिहीबार दशौँ प्रतियोगिताको झण्डा हस्तान्तरण गरे।

सम्बन्धित सामग्री

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक भब्य समारोहबीच कार्यवाहक राष्ट्रपति यादवले उद्घाटन गरे । उहाँले खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम […]

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

३ कात्तिक, पोखार । दशौं राष्ट्रिय खेलकुद-२०८१ आयोजनाको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको छ । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोहका अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका देउवाले दशौँ आयोजनाको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर […]

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदै, प्रधानमन्त्री सहभागी हुने

काठमाडौं : गण्डकी प्रदेशका आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन गरिँदैछ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रंशालामा हुने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन्।समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्य प्रस्तुत हुने प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए। यस्तै १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत घोषणा गरी झण्डा हस्तान्तरण

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

–कृष्ण दवाडी/  विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो ।   गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८  […]

सञ्जुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

भारोत्तोलन खेलाडी स्वर्गीय सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले  राष्ट्रिय  झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके ल्याइएको हो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।  श्रद्धाञ्जली सभामा बोल्दै

सन्जुको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद) – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बुधबार बिहान बाँकेको राप्ति सोनारीस्थित स्वर्गिय चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार बिहान ललितपुरको लुभुमा मृत अवस्थामा भेटिएकी चौधरीको शव मंगलबारै […]

खेलाडी सञ्जु चौधरीको अन्तिम बिदाइ, खेलकुदमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

कोहलपुर – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्। बुधबार बिहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। मंगलबार काठमाडौँमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह जिल्ला बाँके लगिएको थियो। बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा […]

पारालिम्पिकको मार्च पासमा पलेशाले झण्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]