काठमाडौँ- सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयद्वारा जारी एक विज्ञप्तिअनुसार खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने छन्। […]