प्रदेश-५ को केन्द्र दाङ नै बन्छ : प्रचण्ड

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन्। उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्यांकन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे।  प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक,...

सम्बन्धित सामग्री

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

दाङ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म ...

फस्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम शुरू भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फस्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन् । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए ‘अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फस्टाउँछ,’ उनी भन्छन् । चन्द्रौटा बजारभित्र झन्डै दुई दर्जन व्यापारीकले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट ग्राहक आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलन छ । सिद्रा भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फस्टाएको हो । रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आएकी जमुना बुढाले पहाडमा सिद्राको महत्त्व बढी भएकाले किन्न आएको बताइन् । जाडोमा सिद्राको तातो झोलले सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउने उनले बताइन् । दाङको राप्ती गाउँपालिका–९ की पारू पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाइन् । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रूपमा पठाइदिने बताइन् । सिद्रा किन्न अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि चन्द्रौटा आएकी छिन् । आफन्तकहाँ आएको बेला पाहुरको रूपमा सिद्रा लैजान लागेको उनले बताइन् । चन्द्रौटादेखि २१ किलोमिटर टाढा भारतको बढनी बजारबाट लाखौंको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताए । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारेर सुकाई सिद्रा बनाउँछन् । जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाबाट सिद्रा बन्छ । यहाँ सिद्रा किन्न सानादेखि ठूला व्यापारीसम्म आउने गरेको बताइन्छ । सिद्रा फुटकर रूपमा प्रतिकिलो २ सयदेखि ५ सय रुपैयाँसम्ममा विक्री हुन्छ । रासस

‘ओइ सरकार ! कति पटक म्याद थपेपछि बन्छ सडक?’

दाङ : बिग्रिएको बाटोमा, बतासले धुलो उडाउँछ।विचरो चालकले, जसोतसो गाडी गुडाउँछ।।आफन्त भेट्न जाने, यमराजले हो, की लाने?हिउँदमा धुलो छ, बर्खामा खाल्टाले गाडी डुबाउँछ।।।सेटिङमा मिलाए, ठेक्का आफैलाई दिलाए।कमिसन खाए, विचौलिया नेता मिलाए।।कसले कति खाए, बाटो बर्बाद बनाए।।न्याय कसले दिन्छ, न्यायको मूर्ति आफै बिलाए।।।यो मुक्तक कुनै प्रतियोगितामा नभइ डाक्टर लोकराज पराजुलीले मंगलबार दाङको घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कविता वाचन कार्यक्रममा वाचन गरेका थिए।  अलपत्र तुलसीपुर– घोराही चारलेन

रिहारमा चल्न थाल्यो मोटरबोट (तस्बिरसहित)

दाङ- लमही नगरपालिका वडा नं. ९ मा रहेको बगारबार धार्मिक क्षेत्र माघेसंक्रान्तिमा ठूलो मेला लाग्नेबाहेक अन्य दिन सुनसान बन्छ। तर अब बगारबाबा धाममा दैनिक भक्तजन तथा पर्यटक भित्र्याउने योजनाका साथ पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको छ। यहाँ रहेकाे तालमा मोटरबोट सञ्चालन गरेर पर्यापर्यटनसँग जोड्न थालिएको छ। ‘रिहार घुम्न आउने पर्यटकले अब मोटरबोटमा चढ्न पाउनुहुनेछ’, […]

माटाको भाँडामा भविष्य देख्नेहरू कोही विदेश पसे, कसैले पेसा बदले

दाङ- सबैको घरमा माटाको भाँडा बन्थे। आँगन रातै हुन्थ्यो। कोही माटो लिन जंगल जान्थे। कोही दाउरा लिन। घरमा भएकाहरू माटो मुछ्ने, चर्खामा आकार दिन व्यस्त हुन्थे। तर अहिले त्यस्तो छैन। परिवेश बदलियाे, गाउँ सुनसानजस्तै छ। मुस्किलले दुई-चार जनाको घरमा माटोको भाँडा बन्छ। त्यो पनि थोरै मात्रामा। अर्डर आयो भने मात्रै बनाउने गरिएको छ। माटोमा जीवन […]

‘अहिले देखिएका जस्तो कुरुप शहर नबनोस्’

दाङ – हिमाली न्यौपानेले विदेशी शहरको अवलोकन गर्न त पाएकी छैनन् । तर, उनको मानसपटलमा शहर भन्दा वित्तिकै उही धुलो उड्ने, फोहरको डंगुर भएको, मनिसहरुको कोचाकोच भएको चित्र बन्छ । लुम्बिनी प्रदेशको राजधानी शहर आफ्नो मानसपटलमा बसेको जस्तो कुरुप शहर नबनोस् भन्ने चाहना उनको छ । प्रदेश राजधानी शहर सुन्दर, सफा, व्यवस्थित र हराभरा शहर […]

क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना

दाङ– एक्लै बस्दा छोराको यादले सताउँछ उनलाई। धेरै मानिस भेट्न आउँदा उनीहरुले गर्ने प्रश्नले निको हुन थालेको मनको घाउ फेरि आलो बन्छ। यस्तै पीडाबाट गुज्रिरहेका छन्, घोराही उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेन्द्र बुढामगर। उनलाई अब कसैले पुरानो कुरा नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, घरमा भेट गर्न आउने आफन्त, बेलाबखत पुग्ने पत्रकारको प्रश्नले राजेन्द्रलाई अब भुल्छु […]

राजनीतिसँगै तरकारी खेती : वार्षिक १० लाख आम्दानी

दाङ : पछिल्लो समय धेरैले राजनीतिलाई कमाई खाने माध्यम बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका खुसीराम चौधरीले भने राजनीतिलाई उद्यमशीलतासँग जोडेर अगाडि बढ्दै छन्। धेरैले नेताले भाषण गर्ने गर्छन्, ‘मुलुकलाई समृद्ध बनाउनुपर्छ।’ तर भाषणले मात्रै मुलुक समृद्ध बन्छ भन्ने कुरामा खुसीराम पटक्कै विश्वा...

प्रदेश ५ काे सुशासनसम्बन्धी कानुन जनमैत्री बन्छ : मन्त्री केसी

दाङ : प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सुशासन कायम गर्न लागिपर्ने बताए। यसवर्ष प्रदेशले धेरै कानुन बनाउन आवश्यक रहेको भन्दै मन्त्री केसीले सुशासन सम्बन्धी कानुन जनमैत्री र कडा हुने बताए।  नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको प्रदेश ५ को प्रथम भेलालाई लमहीमा उद्‍घाटन गर्दै...