काठमाडौँ : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने बताएको छ। आज सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताविहीन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ।सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै नागरिकता विधेयक पारित हुने भाका सुनाएकी हुन्।विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने बताएको छ। राजस्वको दायरा बढाउन अनौपचारिक क्