सुरक्षित बस्ती कार्यान्वयन चुनौतीपूर्ण

कर्णाली प्रदेशका १० वटै जिल्लाका अधिकांश बस्ती पहिरो जोखिमयुक्त छन्। भौगोलिक बनावटका कारण कर्णालीमा बर्सेनि बाढी पहिरोलगायत प्राकृतिक विपत्ले जनधनको ठूलो क्षति हुँदै आएको छ। छरिएर रहेका बस्तीका कारण कर्णालीमा विकासका पूर्वाधार निर्माणमा समेत निकै कठिनाइ हुने गरेको छ। कर्णालीका छरिएर रहेका बस्तीलाई एकीकृत बस्ती विकास कार्यक्रममार्फत विकासको प्रवाहमा जोड्ने सरकारी योजनाले त्यति सफलता पाउन सकेको छैन। कर्णाली सरकारले एकीकृत पूर्वाधारमा बस्तीलाई आबद्ध गर्न तीन वर्षअघि सो कार्यक्रम थालनी गरेको थियो।