पाटा नेपाल च्याप्टरद्वारा ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न

ग्लोबल कलेज इन्टरनेशनलको सहकार्यमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले राजधानीमा ‘एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल’ शीर्षक अन्तर्गत ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न गरेको छ । १८ डिसेम्बर २०२१  का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो । यो पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक क

सम्बन्धित सामग्री

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर : यसलाई नेपाली भाषामा प्रशान्तक्षेत्र एसिया यात्रा संघ नेपाल शाखा भन्ने गरिन्छ । यस संस्थाले प्रशान्त क्षेत्र तथा एसियाभित्रका विभिन्न मुलुकहरूमा अन्य बाहिरी मुलुकहरूबाट हुने, त्यस क्षेत्र भित्रबाट अन्य बाहिरी मुलुक तर्फ हुने तथा क्षेत्रभित्रै आपसी रूपमा आदान प्रदान हुने यात्रा व्यवसाय प्रवद्र्धन तथा आपसी सहजताका लागि सन् १९५१ मा स्थापित अन्तरराष्ट्रिय संगठन हो, प्रशान्त क्षेत्र एशिया यात्रा संघ, आफ्ना सदस्यहरूका लागि व्यापार प्रवद्र्धन, ब्रान्ड निर्माण, मानव स्रोत विकास, सञ्जाल विस्तार, सोधकार्य तथा तथ्यांक प्रकाशन, पर्यटकीय सम्पदाको विकास, प्राचीन संपदाको संरक्षणजस्ता कार्य मार्फत सदस्य संस्थाहरूलाई सहयोग पु-याउने अन्तर्राष्ट्रिय संस्थाको भावनाअनुरूप नेपाल शाखाका रूपमा रही सरकार तथा पर्यटन क्षेत्रका अन्य संघ संस्थासँग समेत सहकार्य गर्दै नेपाली पर्यटन उद्योगको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ, प्रशान्त क्षेत्र एसिया यात्रा संघ नेपाल शाखा सन् १९७५ मा स्थापना भएको संस्था हो ।

पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता

नेपाल भ्रमण वर्ष–२०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारिता अघि बढाइने भएको छ । उक्त प्रयोजनका निम्ति प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउन्ड टुरिज्म रिसर्च इन्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

पाटा ट्राभल मार्टमा नेपालको पर्यटन प्रवद्र्धन

नेपालका पर्यटन सम्बद्ध संघ–संस्थाले काजखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ औं संस्करणमा ‘नेपाल पेभिलियन’ अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएका छन् । पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरूले सो मार्टमा सहभागी जनाएको हो ।