कांग्रेसमा इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब, पर्ख र हेरको रणनीतिमा देउवा

काठमाण्डाै - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे  पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यस्तै,  सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान...

सम्बन्धित सामग्री

गगन र शेखरसहितको टोली ‘निर्णायक’ छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापन इतर समूह पनि निर्णायक छलफलमा जुटेको छ। कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भइरहेको छ। छलफलमा गगन थापा र शेखर कोइराला दुवै सहभागी छन्। […]

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन…