चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’

चितवनकाे खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ।

सम्बन्धित सामग्री

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मंगलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ ।  पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ […]

चितवनको खैरहनी नगरपालिकामा ‘बाआमा स्वास्थ्य कार्यक्रम’ सुरु

काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् । नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, […]

आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम

गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए।

हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनःसञ्चालन

हेटौंडा : वाग्मती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा आस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः सञ्चालनमा आएको छ। बुधबार वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरे। साताको २ दिन बुधबार र बिहीबार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमका सेवा प्रदान गरिने अस्पतालले जनाएको…

काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ।

वीरगञ्जमा ल्याबसहितको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू

२६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू गरेको छ । वडा नं ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा मेयर राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’का लागि महानगरले प्रयोगशाला सहितको मोबाइल भ्यान तयार गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मीको टोली प्रयोगशाला सहितको मोबाईल भ्यान सहित गएर गाँउघरमै पुगेर सेवा […]

वीरगन्जमा 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु

वीरगन्ज महानगरपालिकाले 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुआत गरेको हो। नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जबासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई  'मेयर...

धनगढीमा ‘विद्यालय आँखा स्वास्थ्य कार्यक्रम’ सञ्चालन हुँदै

धनगढी – कैलालीको धनगढीमा आँखा शिविर र विद्यालय आँखा स्वास्थ्य कार्यक्रम गरिने भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालबीच हरेक महिनामा एक पटक विद्यालयमा सो कार्यक्रम गर्ने सम्झौता भएको हो। धनगढी उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्मा तथा गेटा आँखा अस्पतालबाट चिफ मेडिकल डाइरेक्टर […]

गाउँ केन्द्रित स्वास्थ्य सेवाका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

रुकुम (पूर्व): स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो। दुर्गम क्षेत्रका नागरिकका लागि गाउँमै उनीहरूको उपचार एवं स्वास्थ्य चेकजाँचका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको डाक्टर मिलन मल्लले बताए। अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य क

प्रदेश १ सरकारले विपन्नलाई निःशुल्क ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने

विराटनगर : प्रदेश १ सरकारले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने भएको छ। जसका लागि १० रुपैयाँ पनि जम्मा गर्न सकिनेछ। विपन्न नागरिकको उपचारका लागि स्वास्थ्य कार्यक्रम ल्याउने प्रदेश १ सरकारको तयारी छ।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नलाई केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार बताएकी हुन्।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै उनले सो कुरा बताएकी हुन्। विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट