प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् । २०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएका

सम्बन्धित सामग्री

प्रदेश २ सरकारद्वारा मधेशी शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

जनकपुर, ९ मङ्सिर: प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई […]

प्रदेश २ : निर्देशिका संशोधन गरेर जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई सुविधा

८ मंसिर, जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई पनि सेवा सुविधा दिन प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान (गठन तथा कार्य सन्चालन) निर्देशिका संशोधन गरेको छ । यसअघि यस निर्देशिका बमोजिम प्रदेश २ सरकारले मधेश आन्दोलनमा ज्यान गुमाएका शहीद तथा घाइते परिवारलाई मात्रै सेवा सुविधा दिंदै आएको थियो । प्रदेश २ सरकार गठन भएपछि […]

प्रदेश-२ सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन

२ वैशाख, जनकपुरधाम । शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाको हितमा काम गर्ने उद्देश्यले प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न भन्दै प्रतिष्ठानको गठन गरेको हो । […]