नाटक ‘पुतलीको घर’ सँगै फर्कियो गुरुकुल

एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि खुलेको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा ‘गुरुकुल’ सञ्चालनमा आएको हो । रंगकर्मी सुनील पोखरेलले नै यो थियटर सञ्चालनमा ल्याएका हुन् ।वि.सं २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुलको रुपमा स्थापना भएको थिएटर जग्गा अभावका कारण २०६८ मा बन्द भएको थियो । थिएटरको उद्घाटन चित्रकार किरण मानन्धर र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा चित्रकार किरण मान