मन्त्रिपरिषद् विस्तार,थपिए ४ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएलगत्तै पहिलो पटक एमालेबाटै २ मन्त्री बनाएका ओलीले सोमबार अरु ४ मन्त्री थप गरेका हुन् । यसपटकको विस्तारमा भने नेकपा माओवादी केन्द्रबाट पनि २ जना सरकारमा सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको उपस्थितिमा नवनियुक्त ४ मन्त्रीलाई सोमबार पद तथा गोपनियताको शपथ खुवाइन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, रोज राणा बने मन्त्री

७ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको […]

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमतकी अनिता मन्त्री बन्ने

२६ साउन, काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । […]

मन्त्रिपरिषद् पुनर्गठन गर्न देउवा तयार, हेरफेर हुँदै मन्त्री

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । काँग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै […]

प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए।को–को बन्दैछ्न मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।माओवादी केन्द्रबाट रामकुमार राई र&nbs

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।  मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार मंगलवार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ। मन्त्री बन्नेमा माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका…

देउवाद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, नारायण खड्का मन्त्री बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । झण्डै ७० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेप्दै आएका देउवाले अब भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा नारायण खड्कालाई मन्त्री बनाउने सहमति गरेको हो । उनी काँग्रेस केन्द्रीय सदस्य हुन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै जानुपर्ने भएपछि खड्कालाई मन्त्री बनाउने सहमति भए...

अष्टलक्ष्मीले विस्तार गरिन् मन्त्रिपरिषद्, को-को बने मन्त्री ? (सूचीसहित)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सरकारमा ७ मन्त्री र ४ राज्यमन्त्री छन् ।  अब बागमती सरकार १२ सदस्यीय बनेको छ ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ३ मन्त्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ। प्रदेश सरकार पुनर्गठन भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो। जस अन्तर्गत रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्यले आन्तरिक…