नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।
बुधवार ढिलो गरी शुरू भएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको तर्फबाट संयुक्त प्रस्ताव गएको छ ।
बैठकअघि देउवा र पौडेलबीच सहमति भएको थियो । पौडेलले जेठमै महाधिवेशन गर्ने अडान राखेका थिए भने देउवाले भदौ ७ गतेको मिति प्रस्ताव राखेका थिए ।
केन्द्रीय समिति बैठकअघि दुवै समूह छुट्टाछुट्टै बसेका थिए ।
त्यसपछि दुवै नेताबीच भदौमै महाधिवेशन गर्ने सहमति बनेको हो ।