संविधानविद् भन्छन्- प्रधानन्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्छ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४  न्यायाधीशले विद्रोह गरेपछि संविधानविद्हरूले प्रधान्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्ने बताएका छन् ।  संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले यस्तो अवस्थामा प्रधानन्यायाधीश जबराले विवेक प्रयोग गरेर आफैं बहिर्गमनको बाटो रोज्नु नै उपयुक्त हुने बताउँछन् ।  ‘उहाँको नेतृत्वलाई आफ्नै न्यायाधीशहरूले स्वीकार नगर्ने स्थिति आइसकेपछि उहाँले विवेक प्रयोग गरेर राजीनामा गर्नु  नै उपयुक्त हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘...

सम्बन्धित सामग्री

दलहरूलाई संविधानविद् ज्ञवालीको आग्रह : महाअभियोगका प्रस्ताव लैजानुस्

२३ कात्तिक, काठमाडौं । संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुलाई आग्रह गरेका छन् । न्यायाधीशले आफूहरुको विश्वास छैन भने भद्र अवज्ञा गरेको र बार एशोसिएसन पनि आन्दोलनमा रहेको भन्दै उनले बार र बेञ्च दुबैको विश्वास गुमाएका प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । तर राजीनामा दिनुको साटो प्रधानन्यायाधीश दलहरुको ढोका चाहार्दै […]

जबराले राजीनामा दिनुपर्ने भनाइ

संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनुपर्ने बताए ।मंगलवार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक–पटक मौकि दिँदा पनि नसुध्रिएको भन्दै न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताए । न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार […]

नियत नै संसद् विघटन गर्ने देखियो : संविधानविद् आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको प्रस्ट पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ९जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’ उनले ट्वीट गर्दै

माधव नेपाल : कोटेश्वरमा तातो, चपली हाइटमा चिसो !

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विहीबार दिउँसो संविधानविद् एवं कानुनविद्हरुसँग कोटेश्वरस्थित आफ्नै निवासमा परामर्श गरे । एमालेका २० सांसदको सामुहिक राजीनामा खल्तीमै बोकेर छलफलमा उपस्थित नेता नेपाल कानुनविद्सँग अलि खरोरुपमा प्रस्तुत भए । वकिलहरूलाई उनले ‘पानी मरुवा’ भन्नसमेत भ्याए ।कानुनी परामर्शका पुगेका वकिलहरूमा बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई थिए । उनीहरु तीनैजना एमाले निकट कानुन व्यवसायी हुन् ।नेता नेपालको निवासमा पुगेका तीनैजनाले अहिल

‘षड्यन्त्र नै राजनीति, जति ठूलो षड्यन्त्र उति ठूलो राजनीतिज्ञ’

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा पेश भएको अविश्वास प्रस्ताव छल्न पदबाट राजीनामा दिएको केही घण्टाभित्रै पुनः मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । संविधानविद् र राजनीतिक विश्लेषकहरुले यसलाई संवैधानिक नैतिकताविरुद्धको …

‘नैतिकता छ भने ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्छ’

काठमाण्डाै – वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डाक्टर चन्द्रकान्त  ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि उज्यालोसँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँ आफैले मारिसकेको प्रतिनिधि सभा पुनर्स्थापना भएको छ, उहाँमा यदि नैतिकता छ भने आजैका मितिमा अहिले नै अविलम्ब राजीनामा दिनुपर्छ, उहाँले राजीनामा दिनुभएन भने उहाँमाथि गम्भीर संवैधानिक प्रश्न उठ्छ र अवहेलनाको मुद्दा पनि लाग्छ सक्छ ।’ ...