प्रहरीमाथि आक्रमण गरी स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति

बारा – बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराउनुभयो । स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्ष...