बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ […]

सम्बन्धित सामग्री

बारा बस दुर्घटना अपडेट : मृत्यु हुने सबैको सनाखत

बारा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगंज सडकखण्डमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो । गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगञ्ज-१६ नगवा बस्ने […]

बारा बस दुर्घटनामा मृतक ११ जनाको सनाखत

मकवानपुर । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उप

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु भएकाहरु मध्ये हालसम्म ९ जनाको भने सनाखत भएको छ ।

बारा बस दुर्घटना अपडेट: नौ जनाको सनाखत

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

बारा बस दुर्घटना अपडेट : नौ जनाको सनाखत

काठमाडौँ- बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।  हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृत्यु हुनेमा पर्साको वीरग...

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १६ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जस्थित यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये थप दुई जनाको हेटौँडाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे उनले […]

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सव

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।बसमा करिब ५० जना सवार थिए । दुर्घटना लगत्तै उद्धारमा परिचालित प्रहरी टोलीले घाइतेलाई विभिन्न अस्पतालमा लगेको थियो । चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएक