पोस्टरमा आफ्नी पत्नीको तस्वीर नदेखेपछि मन्त्रीका छोराले कुटे कर्मचारी

भारत उत्तरप्रदेशको गौरीबजारमा शनिवार एक कार्यक्रममा कुर्सी हानाहान भयो । एकअर्कालाई गम्भीर आरोप लगाउँदै हातपात पनि गरियो ।  यो घटना कल्याण दिवस मेला कार्यक्रमका बेला भयो । विवाद के थियो भने कार्यक्रममा जुन पोस्टर लगाइएको थियो, त्यसमा गौरीबजार विकास खण्डकी ब्लक प्रमुख अनीता निषादको तस्वीर थिएन ।  यसै विषयमा विवाद शुरू भयो र बीडीओ सञ्जयकुमार पाण्डेयसँग झगडा भयो ।  सामाजिक सञ्जालमा अहिले यसको भिडियो भाइरल भइरहेको छ । भिडियोअनुसार यो घटनामा यूपी सरकारका पशुधन तथा मत्स्य राज्यमन्त्री जयप्रकाश नि...