सिन्धुपाल्चोकका उम्मेदवारलाई माझी बस्तीको प्रश्न, ‘हामीलाई पुग्ने खानेपानी कहिले आउँछ ?’

सिन्धुपाल्चोक सदरमुकाम चौतारा जाने बाटो बन्देऊ नजिकैको माझीटार बस्तीमाथि मध्यपहाडी लोकमार्गमा आजभोलि पार्टीका झण्डा र टनाटन मान्छे बोकेका गाडीहरूको लावालस्कर गुड्न थालेको छ । माझीटार बस्तीबाट माथि बाटोमा हेर्दा राजनीतिक दलका उम्मेदवारलाई जिताउनु प¥यो भन्ने गीत र नारा घन्काउँदै नेता कार्यकर्ता हिँड्ने गरेका छन् । बनिरहेको मध्यपहाडी लोकमार्गको बाटो छेउ विष्णुमाया माझी २ वटा राँगा चराउँदै गरेको अवस्थामा भेटिइन् । उनले केही नेताहरू बस्तीमा भोट माग्न पस्ने गरेका छन् भने केही बाटैबाटो जान