शोधनान्तर स्थिति २८८ अर्ब घाटामा

२७ जेठ, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको १० महिनामा २८८ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आवको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी भइरहेको छ । जसले गर्दा शोधनात्मक स्थिति निरन्तर […]

सम्बन्धित सामग्री

शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा

काठमाडौं – मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति रू दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही […]

शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो ।  समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा थियो ।  यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको छ । पूँजीगत ट्रान्सफर अघिल्लो आवको वर्षको सोही अवधिको तुलनामा चालू आवमा २४ प्रतिशतले घटेको हो ।  समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।

शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड बचतमा

काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यो अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा चालू खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

शोधनान्तर स्थिति बचतमा, चालू खाता घाटा थप १ अर्बले बढ्यो

कात्तिक महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ४ महिनाको (साउन–कात्तिक) वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । १४ महिनापछि अघिल्लो महिना बचतमा देखिएको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । तर यता समीक्षा अवधिमा मुलुकको चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ

शोधनान्तर स्थिति २० अर्ब बचतमा

२९ मंसिर, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आव २०७८/७९ को […]

साउनमै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा

३० भदौ, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थित चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मै घाटामा गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही […]

शोधनान्तर स्थिति २४७ अर्ब घाटामा

२७ फागुन, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सात महिनामा २४७ अर्ब घाटामा पुगेको छ । यो वर्ष उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन सुस्ताएसँगै मुलुक भित्र भित्रने रकम कमी आएको छ । जसले गर्दा शोधनान्तर स्थिति निरन्तर घाटामा देखिन्छ । […]

आयात र रेमिट्यान्सकै कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गयो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मुलुकको शोधनान्तर स्थिति घाटामा जानुको कारण आयात र रेमिट्यान्स नै भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै गरेको बैंकले पहिलो तीन महिनामा अत्याधिक आयात वृद्धि भएको तर यता विदेशी मुद्रा विपे्रषण (रेमिट्यान्स) आप्रवाहमा भने संकुचन आएकाले शोधानान्तर स्थिति घाटामा गएको बताएको हो । तर, सोही अवधिमा मुद्रास्फीति भने नियन्त्रितमा नै रहेको बैंकले जनाएको छ ।समीक्षा अवधिमा आर्थिक गतिविधि विस्तारसँगै आयात बढ्दै गएको तर विदेशी मुद्

बचतमा आयो शोधनान्तर स्थिति

काठमाडौं । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति रू. १ अर्ब २३ करोडले बचतमा आएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा शोधनान्तर स्थितिमा रू. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर रू. १५ अर्ब १५ करोडले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले असारमसान्तसम्म शोधनान्तर स्थिति बचतमा आएको बताए । ‘गत जेठसम्म आउँदा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर, त्यो एकदम कम थियो,’ उनले भने, ‘शोधनान्तर घाटा कम हुँदा तत्काल बचतमा पुगेको हो ।’ गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले मुलुकको समग्र वित्तीय स्थिति सकारात्मक देखिएको छ । कोरोना महामारीका बीच पनि गत आवको वित्तीय स्थिति सन्तोषजनक रहेको ढकालले बताए । गत आवमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ । २०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । गत आवमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७ दशमलव ५४ प्रतिशत, १० दशमलव ६५ प्रतिशत, ९ दशलव ८३ प्रतिशत र ६ दशमलव ४१ प्रतिशत रहेको छ । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८ दशमलव १६ प्रतिशत रहेको थियो । गत आवको अन्त्यसम्म आउँदा चालू खाता घाटा बढेर रू. ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष चालू खाता रू. ३३ अर्ब ७६ करोड घाटमा थियो । मङ्सिरबाट घाटामा जान थालेका चालू खाता असारसम्म आउँदा ≈वात्तै बढेको हो । पछिल्लो समय चालू खाता घाटा चुलिँदै गएको तथ्यांकले देखाएको छ । गत आवमा प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव २ प्रतिशतले बढेको छ । गत आवमा रू. १९ अर्ब ५१ करोड बैदशिक लगानी आएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आवमा रू. १९ अर्ब ४८ करोड वैदेशिक लगानी आएको थियो । गत आवमा विदेशी विनिमय सञ्चिति शून्य दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो आवमा रू.१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । तर, गत आवमा त्यो घटेर रू. १३ खर्ब ९९ अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन ढकालले विदेशी सञ्चिति घटे पनि आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘उक्त विदेशी विनिमय सञ्चितिले १० महीनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पुग्छ । त्यसैले हामी यस मामलामा कन्फर्ट जोनमा नै छौं,’ उनले भने । यस्तै, गत आवमा विदेशी पर्यटनमार्फत हुने आम्दानी (भ्रमण आय) ८८ दशमलव १० प्रतिशतले घटेको छ । अघिल्लो आवमा विदेशी पर्यटकमार्फत रू. ६० अर्ब ८९ करोड आम्दानी भएको थियो । तर, गत आवमा रू. ७ अर्ब २७ करोड यस्तो आम्दानी भएको छ । कोरोना महामारीका कारण विदेशी पर्यटक आउन नसक्दा आम्दानी घटेको हो । यस्तै, नेपालीहरूले विदेश भ्रमणमा गर्ने खर्च पनि घटेको देखिएको छ । गत आवमा भ्रमण व्यय ३८ दशमलव ३ प्रतिशतले कमी आई रू. ३२ अर्ब ८० करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू. २४ अर्ब ९६ करोड रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा भ्रमण व्यय रू. ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. २५ अर्ब ८१ करोड रहेको थियो । यस्तै, गत आवमा विप्रेषण आप्रवाह करीब १० प्रतिशतले बढेको छ । गत आवमा रू ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण आएको छ । अघिल्लो आवमा भने विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।