वाफ वुमन्स च्याम्पियनसिपको लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

२९ माघ, काठमाडौं । साउदी अरेबियामा यही फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा गरेका हुन् ।३१ जनाबाट अन्तिम २३ जना छनोट गर्दा तीन नयाँ अनुहार छन् । डिफेण्डर सविना […]