तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

सम्बन्धित सामग्री

तातोपानी नाकाबाट आयात वृद्धि

उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ ।

सहज बन्दै तातोपानी नाका

चीनको उत्तरी सीमा तातोपानी नाकाबाट आयात वृद्धि भएको छ । दैनिक पाँच कन्टेनर सामान आयात हुँदै आएको नाकाबाट अहिले दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको...

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्छु: अध्यक्ष दाहाल

माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।...

तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

सम्झना कार्की/सिन्धुपाल्चोक, ८ असार : चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै […]

तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछिः पहिले व्यापारी, अहिले ज्याला मजदुरी

सिन्धुपाल्चोक – चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन्। ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो। तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका […]

चीनसँगको नाकालाई सहज बनाउन पहल गर्छौँ–परराष्ट्रमन्त्री खड्का

काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो । सिन्धुपाल्चोकको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भए पनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुवै सहज हुने व्यवस्थाका लागि आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँ...

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ । आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाटो प्रयोग गरे पनि ढुवानीमा करीब ६ लाख रुपैयाँ खर्च पथ्र्यो । तर कोभिडपछि चीन सरकारले नाका सहज रूपमा नखुलाउँदा व्यापारीहरूले वैकल्पिक मार्गको प्रयोग गरी भारतको विशाखापत्तनम् र कोलकाता बन्दरगाह हुँदै ल्याउने गरेका छन्, जसले गर्दा ढुवानी खर्च ९ लाख रुपैयाँले बढेर १५ लाखसम्म पुगेको उनीहरूको भनाइ छ । उत्तरी नाकामा अवरोध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको व्यापारीहरू बताउँछन् । उत्तरी नाकाकै प्रयोग गरी सामान आयात गर्दा पनि अहिले ढुवानी भाडा चर्को पर्ने गरेको बताइएको छ । रसुवागढीबाट सीधै काठमाडौंमा सामान आयात गर्दा ढुवानीमा कोभिड अघिसम्म ५ लाख रुपैयाँ लाग्ने गरेकोमा अहिले बढेर ९ लाख रुपैयाँसम्म पुगेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष तथा लामो समयदेखि चीन–नेपाल व्यापारमा संलग्न रामचन्द्र पराजुलीले बताए । यसअघि सामान्य अवस्थामा उत्तरी नाकाबाट दैनिक १५० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गर्दथ्यो । महामारीपछि नाकामा अवरोध भएपछि अहिले दैनिक ७ देखि १० कन्टेनर मात्र भित्रिने गरेको रसुवागढी भन्सार कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । सरकारको उच्चस्तरीय निकायले नै चीन सरकारसँग संवाद/समन्वय नगर्दासम्म समस्याको समाधान नहुने उनको भनाइ छ । नेपालको कमजोर कूटनीतिका कारण २ वर्षदेखि सामान नाकामै अड्किएको उनले बताए । समस्या समाधानका लागि भन्सार विभागसहित व्यापारिक संघ–संस्थाबाट पटकपटक प्रयास हुँदा पनि सकारात्मक परिणाम केही नआएको उनको भनाइ छ । यस्तै सरकारको कमजोर कूटनीतिकै कारण निजीक्षेत्र समस्याग्रस्त रहेको राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहालले बताए । सरकारले कूटनीतिक पहल गरेर समस्याको समाधान गरेमा व्यापारमैत्री वातावरण बन्ने र उपभोक्ताले पनि सस्तोमा सामान किन्न पाउने अवस्था आउने उनको भनाइ छ । भाडादर वृद्धिको प्रभाव सामानको मूल्यमा कन्टेनरको भाडादर बढेपछि त्यसको प्रत्यक्ष प्रभाव चीनबाट आयात हुने सामानको मूल्यमा परेको छ । चीनबाट आयात हुने तयारी लत्ताकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, फलफूल लगायत वस्तुको मूल्य करीब ८ प्रतिशतले बढेको व्यापारीहरू बताउँछन् । मूल्यवृद्धिका प्रत्यक्ष मार उपभोक्तालाई परेको छ । यसअघि बजारमा १५ सय रुपैयाँमा पाइने टिसर्टको मूल्य यतिबेला बढेर १६ देखि १७ सयसम्म पुगेको काठमाडौं मलमा फेन्सी कपडाको व्यापार गर्दै आएका नरेश न्यौपानेले बताए । ‘नाकामा भएको असहजताले ढुवानी भाडा बढ्दा सामान महँगिएको थियो । अहिले झन् इन्धनको मूल्य बढेको छ, त्यसले मूल्य थप बढ्ने देखिएको छ,’ उनले भने ।

नेपाल-चीन नाका ठप्प

चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् । २०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ । पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् । रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो । कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ ।