लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ । उनी जनता समाजवादी पार्टीकी सांसद हुन् । पार्टीको सिफारिसमा सभामुखले कारबाही गरेपछि अदालत गएकी उनले पार्टीले कारबाही फिर्ता गरेको पत्र नबुझाएपछि पद नै खारेज भएको हो ।