काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता भएको छ । मंगलबार राति बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्नेलगायतका विषय समेटिएका छन् । एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा चौतर्फी दुर्गन्ध फैलिएको थियो । महानगरपालिकाले फोहोर नउठाएपछि […]

सम्बन्धित सामग्री

नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

काठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने - NepaliPatra

काठमाडौँ । यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन शनिबारदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र […]

उठ्न थाल्यो काठमाडौँको फोहोर

काठमाडौँ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर विसर्जन गरेको छ ।  गएको सोमबार काठमाडौँ महानगरपालिकाको दुई वटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख […]

आजदेखि फोहोर छुट्याउनुपर्ने

सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।काठमाडौँ महानगरपालिकाक

स्थानीयवासीको अवरोधका कारण आज पनि हुन सकेन काठमाडौँको फोहोर व्यवस्थापन

काठमाडौँ– स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन । गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि आज पनि फोहर व्यवस्थापन हुन नसकेको हो । सहमतिअनुसार उपत्यकाबाट […]

फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल लिनुपर्छः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्। बुधबार बसेको संसद बैठकमा बोल्दै थापाले सो कुरा बताएका हुन्। थापाले काठमाडौँ महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको नभएको भन्दै प्रधानमन्त्री ले नै पहल गर्नुपर्ने थापाको भनाई छ।

चार मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ । बागमती सफाइ महाअभियानको शनिवार ४७० औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, बागमती फोहोर उन्मूलन उपभोक्ता समिति, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु एवं बागमती अभियानकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा बागमती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ । नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिवार बिहान बढीभन्दा बढी स्थानीय बासिन्दालाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।  आगामी शनिवार सिनामङ्गलस्थित बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उनले सुनाए । २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरू भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।  यसैगरी, काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको बताइएको छ । यसैगरी गुह्येश्वरीमाथि लगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको बताइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको हुनुपर्ने जति सहयोग भएको छैन । फोहोर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक शहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहोर नउठ्दा पर्यटकमाझ नकारात्मक सन्देश गएको छ । स्थानीय सरकार फोहोर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् । रासस

सिसडोलबासीसँग काठमाडौँको फोहोर उठाउन ९ बुँदे सहमति

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएको छ। मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको हो। काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने सम्भावना बढेको थियो।

फोहोरको टकराबले पाएन निकास

मन्त्रीपरिषद्ले फोहोर व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको २४ घण्टा बित्दासमेत काठमाडौँ महानगरपालिकासँग कुनै संवाद हुन सकेन। न त मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले नै भनेजस्तो महानगरपालिका जिम्मेवार देखियो। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराब र अडानका कारण पाँच दिनदेखि मुलुकको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यवस्थापन कार्य ठप्प छ। रोकिएको फोहोर व्यवस्थापन कार्य खुलाउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिका संवादविहीन अवस्थामा छन्।