पोखरा विमानस्थलमा एक घण्टासम्म उडान रोकियो, अहिले सामान्य

१७ जेठ, पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको छ । बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो । ‘संवेदनशील क्षेत्रमा भएकाले आठ बजेदेखि नौ बजेसम्म उडान–अवतरण रोकियो, […]

सम्बन्धित सामग्री

ड्रक एयरको चार्टड उडान पोखरा आउँदै

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। शनिबार बिहान भुटानको पारो विमानस्थलबाट ड्रक एयरको विमानले चार्टड उडान भर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनेछ। मौसममा खराबी नआए शनिबार बिहान पौने ७ बजे ड्रक एयरको जहाज पोखरामा अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए। ‘एक घण्टा बसेर जहाज भुटान उड्नेछ’, कर्णले […]

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज प्रदर्शन उडान हुँदै

गुल्मी - गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । आज बिहान ११ बजे प्रदर्शन उडान हुँदैछ । काठमाण्डौबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाण्डौ फर्कने छ । तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयम...

त्रिभुवन विमानस्थलमा आधा घण्टा सबैखाले उडान बन्द

काठमाडौं : त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ। बुधबार  दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म हवाई उडानसँग सम्बद्ध संकटकालीन योजनाअनुसार पूर्ण संकटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको हो।  बुधबार नागरिक उड्ड्यन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल  नागरिक उड्यन कार्यालयले  उक्त सूचना जारी गर्दै उडान प्रभावित हुने जनाएको छ। परिकल्पना गरिएको घटनाअनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कुनै वायु

पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू

काठमाडौँ–  पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुचारु गरिएको छ । आज बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरु भएको हो । आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा लागि सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन […]

बुद्धले आइतबारदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्दै

२९ वैशाख, काठमाडौं । बुद्ध एयरले आगामी आइतबारदेखि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो । यसअनुसार अब रातको १२ बजेसम्म आन्तरिक उडानका जहाज उड्ने भएका छन् । […]

आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

काठमाण्डाै – नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

६ फागुन, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुप्रतिक्षित क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) शुक्रबारबाट सुरु भएको छ । एरोथाइको प्राविधिक सहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरी विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले दैनिक ५ देखि ६ घण्टा क्यालिब्रेसन फ्लाइट हुने बताए । […]

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने

काठमाण्डौ – प्रतिकूल मौसमका कारण झण्डै दुई घण्टा उडान प्रभावित भएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धति (आईएफआर) बाट उडान सुरु भएको जानकारी दिनुभयो । ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिविलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायु यानलाई आईएफआर उड...