कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको …