काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन्। शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दुस्खद् रहेको बताए। ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, नेपाललाई अगाडि जान नदिनु हो, ,’ उनले भने।