न्यूरोडमा कुटेर ५८ वर्षीय पुरुषको हत्या, आरोपी पक्राउ

काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।हत्या आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहुलाई पक्राउ गरेको छ । चैत २ मा विकासको कुटपिटबाट गम्भीर घाइते भएका पृथ्वी वीर डंगोलको चैत ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आरोपीलाई पक्रेर ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर अ

सम्बन्धित सामग्री

रिसिबीका कारण पुरुषको हत्या, ५ जना आरोपी पक्राउ

झापामा रिसिबीका कारण एकजना पुरुषको हत्या भएको छ । गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन छन् ।कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको शव कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।