आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ ।