किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु […] The post किसानलाई गहुँ भित्र्याउने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गहुँ बाली भित्र्याउने चटारो

सर्लाहीसहित तराई क्षेत्रका किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ । यहाँका किसानले अहिले आआफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थे्रेसर लगाइरहेका छन् ।

बागलुङका किसानलाई गहुँ छर्ने र धान भित्र्याउने चटारो

ढोरपाटन – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन मात्र बाँकी छ। तर सहरबजारभन्दा गाउँमा बढी चहलपहल भइरहेको छ। यतिबेला बागलुङका किसानलाई धान भित्र्याउने र गहुँ छर्ने चटारो छ। तिहारमा आफन्त र इष्टमित्रसँग घरमै रमाउन छाडेर यहाँका किसान धान, कोदो र खर काट्न तथा गहुँ छर्नमा व्यस्त छन्। तिहार मान्न गाउँ आएकाहरूले गर्दा कामदारको खाँचो […]

कैलालीका कृषकलाई गहुँ भित्र्याउने चटाराे

काठमाडौं । कैलालीका कृषकलाई यति बेला गहुँ भित्र्याउन चटारो भएको छ । हिउँदामा लगाएको गहुँ पाकेपछि धनगढी उपमहानगरपालिका–२ भन्सार कटान गाउँ, धनगढी–३ बैयाबेहडी लगायतका स्थानका कृषकलाई गहुँ भित्र्याउन चटारो भएको हो । गर्मी बढ्दै गएपछि वर्षा हुन सक्ने भन्दै गहुँ भित्र्याउन यहाँका कृषक खेत बारीमै खटिएका छन् । परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका यहाँका कृषकले […]

किसानलाई हिउँदे बाली भित्र्याउन चटारो

दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर […]

तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

काठमाडौँ,१० असार । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताए । उनी भन्छन्, “मनाङ हिमाली […]

गहुँ भित्र्याउने चटारोमा सल्यानका किसान (फोटो फिचर)

सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको

बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी– बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने […]

किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन ।  त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।लालबहादुर मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोत

किसानलाई गहुँ भित्र्याउने चटारो

पश्चिम तराईमा गहुँ पाकेर खेतहरू पहेंलपुर भएका छन् । तिनै खेतहरूमा कतै गहुँ कटाइ र कतै थ्रेसिङ भइरहेको छ । चैत अन्तिमतिरको चर्को गर्मीसँगै कृषकहरूलाई गहुँ भित्र्याउने चटारो छ । उनीहरू सबै काम थाती राखेर यसमा जुटेका छन् ।

गहुँ भित्र्याउने चटारोमा भक्तपुरका किसान

जेठ ३, भक्तपुर । भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।  धान पछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् ।  ‘निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।’ यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ । ईटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका­५ का सुमन दुवालले बताए । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उनले भने, ‘कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।’ यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताउनुभयो । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।  नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,’ उनले भने । थ्रेसरले प्रतिमिनेट ६० रुपैयाँ भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उनले बताए । भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ । रासस