राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । महाधिवेशनस्थल प्रज्ञा भवनमा ११ बजेपछि बस्ने बैठकले महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य शक्ति बस्नेतका अनुसार अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको हो । ‘ग्रुप डिस्कसनका क्रममा उठेका विषयहरुलाई छलफल गरेर सोही अनुसार राजनीतिक प्रतिवेदन