कर्णालीका दुई महिला खेलाडीलाई प्रदेश सरकारले नगद प्रोत्साहन प्रदान गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई दुई लाख र जाजरकोटकी कामना विष्टलाई ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला ...

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला ...

बेस्ट स्टार्टअप अफ द इयर बन्यो उपाय सिटी कार्गो

काठमाडौं । उपाय सिटी कार्गोले ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर््स’ कार्यक्रमअन्तर्गत बेस्ट स्टार्टअप अफ द इयर अवार्ड पाएको छ । काठमाडौंमा बिहीवार भएको एक विशेष कार्यक्रमका बीच उक्त कम्पनीलाई नगद रू. १ लाख र ट्रफी प्रदान गरिएको छ । दोस्रो उपाधि प्राप्त गरेको लिफ प्लस प्रालिले नगद ५० हजार पाएको छ भने तेस्रो हुने आमा एग्रो प्रोडक्ट प्रालिले नगद २५ हजार पाएको छ । अन्तिम पाँचमध्ये एडमाना टेक्नोलोजी प्रालि र नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्त्रप्रेनरसिप सर्भिसेज प्रालिले प्रमाणपत्र र सम्मान पाएका छन् । उनीहरूलाई कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डको अवसरमा आज (बिहीवार) विशेष समारोहका बीच सम्मान गरिएको छ । यस्तै, देशका प्रत्येक प्रदेशबाट एकएकओटा गरी सातओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट फारबेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर कैलाली, कर्णाली प्रदेशबाट ज्वाला कृषि तथा पशुपालन उद्योग दैलेख, लुम्बिनीबाट निन्जा इन्फोसिस प्रालि नेपालगञ्ज बाँके, गण्डकीबाट एक कल होम सोलुसन्स प्रालि पोखरा, वाग्मतीबाट ग्लोकल प्रालि ललितपुर, प्रदेश २ बाट नमस्ते रिसाइकल टे«डर्स जनकपुर, प्रदेश १ बाट हिमालयन लश इन्डस्ट्रिज झापालाई छनोट गरी सम्मान गरिएको छ । स्टार्टअपका रूपमा शुरू भएर हाल सफल भइसकेका कारखाना र जानकी टेक्नोलोजी प्रालि (खल्ती)लाई स्टार्टअप सक्सेसका रूपमा सम्मान गरिएको छ । उत्कृृष्ट महिलाले नेतृत्व गरेको स्टार्टअपका रूपमा प्योर जोय प्रालिलाई सम्मान गरिएको छ । उनीहरूलाई विभिन्न उच्चपदस्थ कर्मचारी, उद्योग वाणिज्य, बैंकिङ क्षेत्रका विशिष्ट व्यक्तिहरूले सम्मान प्रदान गरेका थिए । ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रायोजकमा कुमारी बैंक लिमिटेड र सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेका थिए । एशोसिएट पार्टनरमा नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप इन्नोभेशन कमिटी, एनवार्ईएफ तथा डिसहोम फाइबरनेट रह्यो । यस्तै अवार्ड कार्यक्रमलाई सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र व्यञ्जनले सहयोग गरेका थिए । कार्यक्रमको इन्फ्रा पार्टनर मन्सिरी ट्रेडिङ र टेक्निकल पार्टर मेङ्गो टेक छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि यसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेजहरू तथा उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ ।

अतिविपन्न परिवारबाट निवेदन माग

काठमाडौं । कोरोना महामारीका कारण जनजीविकोपार्जनका उपाय गुमाएका अतिविपन्न वर्गमा पर्ने ५ लाख परिवारलाई राहत रकम लिनका लागि निवेदन दिन सरकारले आ≈वान गरेको छ । कोरोना महामारीका कारण रोजगारी र आय आर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अतिविपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो । यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेश गर्न अर्थ मन्त्रालयले सम्बद्ध परिवारलाई आग्रह गरेको छ । विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्काे अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदूर वा कामदार, खुला सडक, फुटपाथ वा चीरमा खर्पन, नाङ्ग्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला मजदूरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक भरिया, कोभिड– १९ संक्रमणका कारणबाट एकाघरपरिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले आवेदन दिन सक्नेछन् । राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोवास गरेको सम्बद्ध वडा कार्यालयमा निवेदन दिन सूचनामा भनिएको छ । सरकारले प्रदान गर्ने नगद राहत प्राप्त गर्न अयोग्य परिवार कस्ता हुन भन्नेबारे समेत सूचनामा खुलाइएको छ । यसअनुसार निवेदन दिँदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघसंस्था वा वैदेशिक रोजगारीमा स्थायी अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको परिवारले त्यस्तो राहत पाउने छैनन् । यस्तै, परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक, एकल महिला, दलित या अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको सरकारले दिने यस्तो रकम पाउने छैनन । सञ्चित आय वा पैतृक सम्पत्नीबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रमबमोजिम यस प्रयोजनका लागि एकपटक राहतका रूपमा नगद प्राप्त गरेको परिवारले समेत यस्तो सुविधा पाउने छैनन् । निवेदनका आधारमा निर्क्योल गरी सरकारले प्रतिपरिवार १० हजारका दरले रकम वितरण गर्दै छ ।

भलिवलकी अरुणालाई प्रदेश सरकारको एकलाख

नेपाली महिला भलिवलकी कप्तान अरुणा शाहीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रोत्साहन स्वरुप नगद एकलाख रुपैयाँ प्रदान गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

काठमाडौं । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो । ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार ...