पोखरा महानगरपालिकामा विद्युतीय तार भूमिगत गरिँदै

तनहुँ – पोखराको सडकबाटै सेता हिमालहरु हेर्न लाग्दा पोलमा टांगिएका बिजुलीका तार बाधक बन्ने गरेका थिए । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्यो कि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु अगाडि आइहाल्थ्यो । पोखरालाई तारहरुले कुरुप बनाएपछि विद्युत् प्रधिकरणले तार भूमिगत गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाएको छ । प्राधिकरणले पोखरामा पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु भूमि...

सम्बन्धित सामग्री

पोखरामा तार भूमिगतको कामले गति लियो

गण्डकी, २२ कात्तिक । पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले भने गति लिएको छ । गत वैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म आयोजनाको प्रगति २५ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले बताए । उनका अनुसार गत भदौसम्ममा आयोजनाको भौतिक प्रगति जम्मा पाँच प्रतिशत […]

भरतपुरका मुख्य राजमार्गमा विद्युतीय तार भूमिगत गरिँदै

चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य चलिरहेको छ। नेपाल विद्युत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङदेखि पुलचोकसम्म र बाइपास रोडमा एक बर्षभित्र ...

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

कास्की – पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुई वर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकोमा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अर्को महिनादेखि तार भूमिगत गरिने बताउनुभयो । ‘विद्युत् लाइनको इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतको काम भइरहेको छ, भौतिकतर्फको काम फागुन अन्तिमतिर सुरु हुन्छ’, उहाँले भन्नुभयो...