घरजग्गा कर्जा प्रवाह गर्दा प्रिमियम दरभन्दा कम ब्याज तोक्न माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम ब्याजदर तोक्न माग गरेको छ । आज नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघका भएको छलफलमा सो कुराको माग गरेको हो । घरजग्गा कारोबारलाई प्रवर्द्धन गरी अर्थतन्त्र चलायमान गर्ने विषयमा महासंघ र संघबीच छलफल भएको […]

सम्बन्धित सामग्री

तरलता प्रशोचनमात्र समाधान हो ?

बैंकहरूसँग अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगल, बुध र बिहीवार गरी ३ दिनमा ६६ अर्बभन्दा बढी रुपैयाँ बजारबाट उठाएको छ । राष्ट्र बैंकले अधिक तरलता हुँदा प्रशोचन गर्ने र बजारमा तरलता अभाव हुँदा विभिन्न उपकरणमार्फत पैसा पठाउने गर्छ । अहिले बजारमा कर्जाको मागको तुलनामा निक्षेप संकलन बढी छ । अर्थतन्त्रको संकुचन हेर्दा तत्काल कर्जा माग बढ्ने छाँटकाँट कमै देखिएको छ । तैपनि उसले दीर्घकालीन उपकरण भने प्रयोगमा ल्याएको छैन । यसको अर्थ केही समयमा नै अधिक तरलताको समस्या हट्छ भन्ने विश्वास राष्ट्र बैंकसँग रहेको देखिन्छ । के साँचिकै यो अल्पकालीन समस्या होला त ?  चालू आर्थिक वर्ष (आव) मा बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि अधिक तरलता देखिँदै आएको छ । यसले गर्दा अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिरयता निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । बिहीवारसम्ममा ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।  राष्ट्र बैंकले अधिक तरलता भएमा रिभर्स रिपो, सोझै विक्री, निक्षेप संकलन र ऋणपत्रको प्रयोग गर्ने गरेको छ । अहिले अल्पकालीन प्रकृतिको निक्षेप संकलन उपकरणमात्रै प्रयोगमा ल्याएको छ । बजारमा कर्जाको माग छैन । औद्योगिक उत्पादन कटौती भएको छ । खासगरी निर्माण सामग्री उद्योगले ठूलो परिमाणमा उत्पादन कटौती गरेका छन् । निर्माण सामग्रीको माग घट्नुमा एउटा कारण सरकारी पूर्वाधार निर्माणको काम नहुनु हो । अर्को, राष्ट्र बैंकले शेयर धितो कर्जा र घरजग्गा कर्जामा कडाइ गरेको छ । त्यसो हुँदा यी क्षेत्रमा कर्जा प्रवाह ज्यादै कम भइरहेको छ । आयात घटिरहेको छ । यसका लागि पनि कर्जा जान सकेको छैन । यी सबैको चक्रीय असर बैंकहरूलाई नै पर्ने हो । त्यसैले यो समस्याको गाँठो केही मात्रामा राष्ट्र बैंकले नियामकीय निर्देशन सुधार गरेर फुकाउन सक्छ । मुख्य गाँठो फुकाउने काम भने सरकारकै हो ।  राष्ट्र बैंकले शेयर धितो कर्जा र घरजग्गा कर्जा खुकुलो गरिदिए समस्या केही भए पनि टर्छ । अहिले सुस्ताएको शेयरबजार र घरजग्गा कारोबारलाई पनि यसले गति दिन्छ जसको चक्रीय प्रभाव अर्थतन्त्रका सबैजसो क्षेत्रमा पर्छ । तर, यसरी पूर्ण रूपमा यी क्षेत्र खुला गर्ने हो भने अर्थतन्त्रमा फोका उठ्छ जुन जतिबेला पनि फुट्न सक्छ । नेपालको अर्थतन्त्र चम्किने भनेकै शेयरबजार र घरजग्गा रहेको देखिन्छ । यी दुवै क्षेत्रले उत्पादन बढाउन प्रत्यक्ष भूमिका निर्वाह गर्दैनन् । बजार माथि लैजाने र घरजग्गाको भाउ बढाउने काम मात्रै हुन्छ । यद्यपि घर निर्माणले गति लिँदा रोजगारी सृजना पनि राम्रैसँग हुन्छ । अन्य क्षेत्रको गति स्थिर हुँदा पनि शेयरबजार र घरजग्गा तीव्र गतिमा चल्छ र बढ्छ भने त्यसले अर्थतन्त्रमा निश्चय नै समस्या निम्त्याउँछ । तर, त्यसो भन्दैमा यस क्षेत्रमा अहिले जति कडाइ गरिएको छ त्यो पूर्ण सही हो भन्ने होइन । थोरै खुकुलो पार्दा भने खासै समस्या हुने देखिँदैन ।  त्यसैले यो अल्पकालीन समस्यामात्रै हो भने त राष्ट्र बैंकले जे गरिरहेको छ त्यसलाई ठीकै मान्नुपर्ने हुन्छ । तर, बजारको मनोविज्ञान हेर्दा अहिलेको नीतिले अर्थतन्त्रलाई गति दिँदैन र बैंकमा अधिक तरलताको समस्या बढ्दै जान सक्छ । भोलिका दिनमा शून्य ब्याजदरमा निक्षेप स्वीकार्ने अवस्था नआउला भन्न सकिन्न । परिस्थिति अझै खराब भए ऋणात्मक ब्याजदर पनि लागू नहोला भन्न सकिँदैन । त्यसैले बैंकहरूले पनि लगानीको नयाँ नयाँ क्षेत्र खोजी गर्न आवश्यक छ भने सरकारले पनि यो समस्या सम्बोधन गर्न नयाँ सोचले काम गर्नुपर्ने देखिन्छ ।

नियामकले कडाइ गर्दा पनि घरजग्गा कर्जा बढ्यो

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा (रियल इस्टेट) क्षेत्रको कर्जामा कडाइ गरे पनि तथ्यांकले यस्तो कर्जा बढेको देखाएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको हो ।