सुदूरपश्चिममा परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

काठमाडौं, असोज १३ । सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएको छ । डिजिटल सवारी चालक अनुमतिपत्र पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा […]

सम्बन्धित सामग्री

परीक्षणकालीन चालक अनुमतिपत्र अझै अन्योलमा

काठमाडौं । चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भने पनि बागमती प्रदेश सरकारले भने त्यसमा चासो देखाएको पाइँदैन । सङ्घीय कानुनको व्यवस्थाअनुसार विभागले ‘स्मार्ट चालक अनुमतिपत्रको विकल्पमा जानुपर्ने भन्दै आएको छ । बागमती […]

स्मार्ट लाइसेन्सको समस्या हटाइँदै

काठमाडौं । सरकारले दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरेको छ । स्मार्ट लाइन्सेन्स नपाउने समस्या विकराल बन्दै गएको बेला यातायात व्यवस्था विभागका अनुसार समस्यालाई ४ देखि ६ महीनाभित्रमै सम्बोधन गर्नेगरी उक्त परिणाममा कार्ड छाप्ने तयारी गरिएको हो । अहिले विभागले १४ लाख स्मार्ट कार्ड अन्तरराष्ट्रिय बजारबाट खरीद गरेर ल्याइसकेको छ । बजारमा ७ लाख कार्डको तत्कालै माग भएको र बाँकी ७ लाख कार्ड स्टकमै रहने अवस्था रहेकाले अब समस्या समाधान उन्मुखतर्पm अग्रसर भइरहेको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले अभियानलाई जानकारी दिए । ‘प्रतिमिनेट चारओटा कार्ड छाप्न सक्ने क्षमताको मेशिन यातायात व्यवस्था विभागसँग छ, बिहान, दिउँसो, साँझ गरी तीनैओटा सिप्ट मिलाएर तत्कालै कार्ड छाप्नेगरी तयारीमा लागिसकेका छौं,’ भुसालले भने । अहिले विभागमा उपलव्ध १४ लाख कार्डहरू अन्तरराष्ट्रिय ल्याबमा परीक्षण गरिएर ल्याइएका हुन् । कार्ड छपाइको काम यसै सातादेखि विभागबाटै शुरू हुनेछ । केही समयअघि स्मार्ट कार्ड छाप्न सकस परेको र सक्कली या नक्कली छुट्ट्याउन पनि समस्या भएका कारण स्मार्ट लाइसेन्स खारेज गरिने हल्ला बजारमा आए पनि त्यो सत्य नभएको विभागले जनाएको छ । ‘स्मार्ट कार्ड पर्याप्त ल्याइएको छ, कार्डको जाँच गर्न यातायात विभाग, त्यस मातहतका कार्यालय, ट्राफिकहरूसँग पनि कार्ड परीक्षण गर्ने मेशिन उपलव्ध भएकाले खारेज गर्ने भन्ने हुँदै हुँदैन बरु कार्डलाई परिष्कृत गरेर बारकोर्डसहितको वितरण गर्ने की भन्ने सोचिरहेका छौं,’ विभागका निर्देशक भुसालले भने । ट्राफिक कार्यालयका अधिकारीहरू भने स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरणको अभाव भएको बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले कार्यालयमा एउटा मात्र उपकरण रहेको बताए । कुनै लाइसेन्स जाँच वा अनुगमन गर्न परे यातायात व्यवस्था विभागमै सम्पर्क गरी विवरण झिकाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर, यो ठूलो समस्या नभएको र, विभागसँगको समन्वयमा आवश्यक काम भइरहेकै उनको भनाइ रहेको छ । गतवर्ष साउनमा छापिएदेखि पछिल्लो समय लाइसेन्स छपाइको काम नियमित हुन सकेको छैन । लामोसमयसम्म पुनः नछापिँदा वितरण प्रभावित बन्दै आएको छ । देशभर लाखौं सवारीचालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । तीमध्ये केहीले ट्रायल उत्तीर्ण गरेर नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् भने केही कागजी लाइसेन्स म्याद सकिएकाले नवीकरण पछि स्मार्ट लाइसेन्स पाउने प्रतीक्षामा छन् । विभागका अनुसार लाइसेन्सका लागि आवश्यक कार्ड नभएका कारण छपाइ प्रभावित बन्दै आएको थियो । ‘लाइसेन्स छाप्नका लागि प्रिन्टिङ सफ्टवेयर, प्रिन्टर र कार्ड आवश्यक पर्छ । कार्ड डेलिभरीमा समस्या भएको थियो जुन अब समाधान भइसकेको छ । त्यसैले छपाइ शुरू गर्न लागेका हौं,’ विभागका निर्देशक भुसालले भने । स्मार्ट लाइसेन्सका लागि सफ्टवेयर निर्माणको काम मद्रास सेक्युरिटी प्रेस प्रिन्टर्सले गरेको थियो । सन् २०१७ बाट उक्त सफ्टवेयर सिस्टम कार्यान्वयनमा आएपछि छाप्ने जिम्मेवारी विभागले नै लिएको छ । पहिले ल्याइएका कार्ड सकिएपछि भने विभागले २०७७ सालमा टेन्डर आह्वान गरेको थियो । सोही वर्षको मङ्सिर महीनामा नेपाल–फ्रान्स संयुक्त कम्पनी सेल्पले कार्ड ल्याउने ठेक्का पाएको थियो । विभाग र कार्ड ल्याउने ठेक्का पाएको कम्पनीबीच भएको सम्झौताअनुसार माग गरिएको ९० दिनभित्र कम्पनीले १४ लाख कार्ड विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, कोभिड र विविध प्राविधिक कारण देखाउँदै कम्पनीले समयमा कार्ड दिन नसक्दा कार्डको समस्या विकराल बन्दै गएको विभागका अधिकारीहरूको बुझाइ छ । उनीहरूका अनुसार सम्झौता गरिएको १ वर्षपछि मात्रै कार्ड भित्रिएको छ । अहिले ट्रायल परीक्षण उत्तीर्ण गरेका सवारीचालक र नवीकरणका लागि आवेदन दिएकाहरूलाई राजस्व तिर्दा परीक्षणकालीन चालक अनुमतिपत्र दिइन्छ । उक्त अनुमतिपत्र १ वर्षका लागि मान्य हुन्छ । यसअघि परीक्षणकालीन अनुमतिपत्रलाई स्मार्ट लाइसेन्स छाप्न नसक्दाको अस्थायी विकल्प भनिएको थियो । एकवर्षीय परीक्षणकालको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को मा पनि उल्लेख गरिएको छ । ऐनका अनुसार परीक्षणकालभित्र चालकले ऐनअन्तर्गत बनेका नियमहरू पाँचपटक वा त्यसभन्दा बढी उल्लंघन नगरेमा मात्र स्थानीय सवारीचालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमति पत्रका लागि एक वर्षसम्म कुनुपर्ने बाध्यता थियो […]

धनगढीबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै धनगढीबाट पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने याताय

विभागले थाल्यो परीक्षणकालीन लाइसेन्सको तयारी

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी तथा यातायात ऐन २०४९ को व्यवस्था अनुरुप २९ वर्षपछि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको छ। विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। हाल लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था छ।

२९ वर्षपछि ऐनको व्यवस्था लागू

काठमाडौं, बैशाख ७ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ […]

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्ष

२९ वर्षपछि ऐनको व्यवस्था लागू

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’ सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले गरेको छ । ऐनको दफा ५० मा परीक्षा पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ । ऐनको दफा ५१ मा शुरूको १ वर्ष लाइसेन्सको परीक्षण काल रहने बताइएको छ । दफा ५१ मा लेखिएको छ, ‘दफा ५० बमोजिम दिइने चालक अनुमतिपत्र शुरूमा १ वर्षका लागि परीक्षणकालमा रहने गरी दिइनेछ ।’ उक्त अवधिभित्र पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स नदिइने उल्लेख गरिएको छ । हालसम्म परीक्षणकालीन लाइसेन्सको व्यवस्था विभागले गर्न सकेको थिएन । विभागले २०४९ यता लाइसेन्सको परीक्षा उत्तीर्ण गर्ने चालकलाई सीधै लाइसेन्स दिने गरेको छ । विभागले २०७४ देखि कागजी लाइसेन्सको सट्टा डिजिटल स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । नक्कली लाइसेन्स प्रिन्ट हुनबाट रोक्न कार्डमा क्यूआर कोड राखिने भएको छ । प्रवक्ता भुसालका अनुसार परीक्षणकालीन अवधिमा पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा ऐनअनुसार लाइसेन्स कार्डका लागि पुनः शुरूदेखि नै प्रक्रिया शुरू गर्नुपर्नेछ । उक्त अवधिमा ट्राफिक नियम उल्लंघन पाँच पटकभन्दा कम भएमा परीक्षणकालीन लाइसेन्सलाई स्थायी बनाइने जानकारी उनले दिए ।