‘अधिनायकवादको अस्त्र’ देउवाकै हातमा, विरोधी तह लगाउन ‘टप टू हन्ड्रेड’मा हेरफेर

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेका छन् । ओली प्रधानमन्त्रीबाट हटेको ६ महिना पुग्न लाग्दासमेत ती निकाय देउवाकै मातहत रहनुले कांग्रेसको राजनीतिक अडानप्रति नै प्रश्न उठेको छ । प्रतिपक्षमा हुँदा विरोध गरेका विषय सत्तामा पुगेपछि सच्याउनुको सट्टा प्रधानमन्त्री देउवा त्यसैबाट लाभ लिने प्रयत्नमा देखिएका छन् ।