पीडामाथि पीडा थपियो दर्जी परिवारमा

वालिङ (स्याङ्जा): स्याङ्जाको वालिङ नगरपालिका ८ दमाई डाँडाकी सुकमाया दर्जीको घर २०७२ वैशाखमा गएको भूकम्पले बस्नै नहुने गरी भत्कायो। कच्ची घर भए पनि बस्नै डर लाग्दो भएपछि त्यो घर भत्काएर दर्जीले दुई तले पक्की घर बनाइन्। गरिब परिवार जसोतसो ऋण गरेर घर बनाइन् सुकमायाले। घर बनाउन सुरु गर्दै गर्दा श्रीमान अर्की श्रीमती लिएर ...

सम्बन्धित सामग्री

ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो

“बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।

फोटोफिचर: अनि रिन्जिङको अनुहारमा उज्यालो फर्कियो

मुस्ताङ कागबेनीकी ६० वर्षीया रिन्जिङ ग्याम्बो गुरुङ जन्मैदेखि बोल्न र सुन्न सक्दिनन् । केही वर्षअघि घाँसदाउरा गर्ने क्रममा दाहिने आँखामा चोट लागेर नदेख्ने पनि भएकी थिइन् । दाइको घरमा बसेर जसोतसो गुजारा चलाउँदै आएकी उनको अर्को आँखा पनि मोतिबिन्दु भएर नदेख्ने भएपछि थप पीडा थपियो ।

युद्धमा इन्टरनेट अफवाह: टिकटिकले थपियो पीडा

साथीसँगको रमाइलो मै दिन कटाउने तथा क्यारियरको बारेमा सोच्नु पर्ने उमेरमा युक्रेनका युवाको दिनचर्या अहिले फरक छ। उनीहरूले सोचका थिएनन् कि कुनै समय देशका लागि हतियार बोक्नु पर्नेहुन्छ भनेर। रुसले एकै पटक हतियार मात्र छाडेको छैन, युक्रेनको सूचना सङ्ग्रह गर्न तथा त्यहाँ अफवाह फैलाउन इन्टरनेटको प्रयोग पनि त्यत्तिकै प्रयास गरेको छ। रुसले युक्रे माथि गरेको […]

बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी, १४ कात्तिक: डोटीका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन । पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल […]

एउटा असफल आत्महत्या

दीपेश केसीः उनी जन्मदा नै रोगी थिए । अकस्मात् आइपरेको वियोगले मानसिक पीडा थपियो । चार वर्ष हुँदा बाबुको निधन भयो । नौ वर्षको हुँदा आमाले देह त्याग गरिन् । सुखका दिन सायदै आए । आफन्तले अपहेलना गर्थे । असह्य भएपछि मामावली हजुरबाबुको घर छाडेर निस्के । वचन वाणबाट बच्न निस्केका उनी शहरका गल्लीहरूको समस्याले […]

शारीरिक रुपमा अशक्त चौधरी दम्पतीको पीडा, ‘हाम्रो त कोही भएन’

इन्दु धामी, कञ्चनपुर । रामबहादुर चौधरी र मुन्नी चौधरी शारीरिक रुपमा अशक्त छन्। चौधरी दम्पती जन्मजात अशक्त भने होइनन्। केही वर्ष अगाडि होटेलमा मजदुरी गर्ने क्रममा रामबहादुरको खुट्टाको नसा च्यापियो। उनको समयमै उपचार हुन सकेन। त्यसैले उनी सधैँभरलाई अशक्त भएर बसे। उनकी श्रीमती मुन्नीको हविगत पनि उस्तै छ। अशक्त भएकै कारण चौधरी दम्पतीलाई समाजमा हेला गरिँदै आएको छ। चौधरी दम्पतीका ४ छोरी छन्। कान्छी छोरी विपना पनि अशक्त नै छिन्। आँगनमा खेल्ने क्रममा सानैमा उनको हात भाँचियो। खर्च अभावका कारण उनको उपचार हुन सकेन्। ‘उपचार गर्न धनगढी लगेँ, डाक्टरले अप्रेसन गर्नुपर्छ भने, अप्रेसनका लागि चाहिने खर्च म सित थिएन, ऋण खोज्न ढिला भयो’ मुन्नीले पीडा सुनाइन्। अस्पतालमै भएका बेला उनकी छोरी विपना कोरोना भाइरसबाट सङ्क्रमित बनिन्। चौधरी दम्पती माथि एक पछि अर्को पीडा थपियो। ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि डाक्टरले तत्काल उपचार हुँदैन भने, छोरीलाई घर ल्याउन बाध्य भयौँ’ मुन्नीले बिलौना गरिन्। अहिले ६ वर्षीया विपना डोरीको सहायताले घाँटीमा हात झुण्डयाउँदै घरमै बसेकी छिन्। उनी मानसिक सन्तुलन गुमाए जस्तै बनेकी छिन्। आर्थिक अवस्था निकै दयनीय भएका कारण चौधरी परिवारलाई छाक टार्न धौ धौ हुने गरेको छ। साँझ बिहान के खाउँ भन्ने भएको छ। नेपालको संविधानले नेपाली नागरिकलाई जुनसुकै अवस्थामा पनि बाँच्न पाउने तथा रोजगारीको हकको व्यवस्था गरेको छ। तर उक्त नियम चौधरी परिवारको हकमा भने छैन। ‘गाउँ गाँउमा सिंहदरबार आयो भन्छन्, तर हाम्रा लागि कहिल्यै आएन’ राम बहादुर चौधरीले भने, ‘शारीरिक अवस्थाका कारण मजदुरी गर्न सकिएन, कसरी जीविकोपार्जन गर्ने ?’ शारीरिक अशक्तता भएकै कारण जसले पनि भेदभाव गर्ने गरेको चौधरी दम्पतीको भोगाइ छ। संविधानमा लेखिएका कुरा कागजमै सिमित भएको रामबहादुर बताउँछन्। शारीरिक रुपमा अशक्त नागरिकले विभिन्न अधिकार पाएपनि आफूहरुले केही सहयोग नपाएको मुन्नीको गुनासो छ। समस्या लिएर वडा कार्यालयमा जाँदा सुनवाइ नभएको उनी बताउँछिन्। ‘अरुको सहाराका लागि सरकारी निकाय छ, हाम्रा लागि कोही भएन्’ मुन्नीले भनिन्, ‘हाम्रा लागि न नगरपालिकाले केही गर्यो, न त वडा कार्यालयले नै।’ निर्वाचनका बेला घर घर धाउका जनप्रतिनिधि अहिले ...

बास्केटबलमा सदिनाको समर्पण

काठमाडौं : करिब १५ अघि यु-१६ फुटबल टोलीमा नर्वे भ्रमणमा सदिना श्रेष्ठ समावेश भएकी भए  के उनी बास्केटबल आउने थिइन्? पंक्तिकारले अनायसै यो प्रश्नको जवाफ नेपाली राष्ट्रिय बास्केटबल टिमकी कप्तान रहेकी सदिनाबाट जान्न खोज्यो।प्रश्नपछि उनी मौन रहिन्। मुन्टो मात्र हल्लाइन्। उनले लामो सुस्केरा हालिन्। फुटबलको त्यो सेलेक्सनमा उनी नपरेको वर्षौं पुगिसक्यो। त्यो पल सम्झन चाहन्नन्। 'सिकाइमा अनेकन पाटाहरु हुन्छन्। त्यो पाटोमध्ये एक सेलेक्सनमा नपर्नु पनि थपियो। त्यसबेला अलि अलि रिस अलि पीडा भ

छोरा पनि जन्मियो, कोरोना रिपोर्ट पनि नेगेटिभ आयो

बागलुङ : भारतबाट आएर क्वारेन्टाइनमा बसेको धेरै दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो। गर्भमा बच्चा थियो। तर आइसोलेसन जानु नै थियो। पहिलो बच्चा मृत जन्मेको थियो। त्यसकारण उनलाई अब जन्मिने बच्चाबारे चिन्ता स्वाभाविकै थियो। आइसोलेसनमा बस्नुपर्दाको झनै पीडा थपियो। कोरोना संक्रमण पुष्टि भएको पीडा त छँदै थियो। बागल...

वैदेशिक रोजगारीको कहर : रातो बाकसमा फर्किन्छन् सपना

काठमाडौं : चैत दोस्रो साता म्याग्दीका धर्मलाल रोकामगरको वैदेशिक रोजगारीका क्रममा मृत्यु भयो। उनका ८० वर्षीय बाबु धनबहादुर रानामगरलाई अन्य दुई छोरा तमबहादुर र भक्तबहादुरको मृत्युको पीडा त थियो नै, त्यसमाथि अर्को पीडा थपियो। धनबहादुरको परिवारमा यो तेस्रो बज्रपात थियो। १२ वर्षअघि माहिला छोरा तपबहादुरको कता...