काठमाडौं उपत्यकामा अब फिल्म हल खोल्न पाइने

कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बुधबारको बैठकले यसअघि जारी गरिएका अधिकांश निषेधका प्रावधानहरु हटाउने निर्णय गरेको छ।