महाधिवेशन नजिकिएसँगै कांग्रेस उपसभापति गच्छदार 'सार्वजनिक' हुँदै

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार बुधबार सार्वजनिक हुँदैछन् । गच्छदारले तीनकुनेको एक होटलमा पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा सक्रिय रहेको जानकारी गराउन लागेका हुन् ।