काठमाडौँ जिल्ला साक्षर घोषित

काठमाडौँ जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्लामा ९६ प्रतिशतभन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो । सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौँको घोषणा गर्नुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौँ घोषणा गरिएको जानकारी दिनुभयो ।