रातो मच्छिन्द्रथानको रथ जावलाखेल पुर्‍याइयो (तस्बिरहरु)

काठमाडौँ – वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि ज्योतिषहरुले आजको साइत निकालेका थिए। ज्योतिषको साइतअनुसार नै बुधबार रथ जावलाखेल पुर्‍याइएको हो। अब जेठ २१ गते रातो मछिन्द्रनाथको भोटो देखाइने छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो […]

सम्बन्धित सामग्री

११ गतेको भोटोजात्राका लागि जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

ललितपुर ।  जेठ ११ गते भोटो देखाउने जात्राका लागि सोमवार रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलदेखि जावलाखेलसम्म यात्रा सम्पन्न भएको छ ।   गुठी संस्थानका अनुसार रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा छ ।  भोटो जात्राको दिन उपत्यकाभित्र सार्वजनिक बिदा दिइने चलन छ । भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ । यस वर्षको रथयात्रा गत वैशाख ११ गते शुरु भएको थियो । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

रातो मच्छिन्द्रनाथको रथ ताने महिलाहरूले

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा साेमबार महिलाहरुले मात्र तानेका छन् । वर्षा र सहकालका देवता भनेर पुजिने याे रथयात्रालाई साेमबार बिहान लितपुरको लगनखेलबाट महिलाहरुले मात्र तानेका हुन् । साेमबार बिहान ललितपुरको लगनखेलबाट महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट इटिटोलसम्म रथ पुर्याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइने जनाइएकाे छ । वैशाख […]

राष्ट्रपति भण्डारी भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै

काठमाडौँ – रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन्। रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथोँ दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन्। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ। […]

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयो,  शनिबार भोटो देखाउने जात्रा मनाइने

काठमाडाैं : रातो मच्छिन्द्रनाथको रथलाई तानेर आज जावलाखेलमा पुर्‍याइएको छ।३ सातासम्म लगनखेलको थतिटोल चौबाटोमा रहेको रथ तानेर आज अपरान्ह जावलाखेलमा पुर्‍याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ। विभिन्न टोलका वासिन्दा भेला भएर गुरुज्यूको पल्टन, बाजागाजा सहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याएका छन्।जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलन अनुसार अब आगामी जेठ २१ गते शनिबार भोटो देखाउने जात्रा हुने कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले ज

लगनखेलबाट जावलाखेल लगियो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरु हेर्नुहोस्

तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्‍याएका हुन्। रथलाई जावलाखेल पुर्‍याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिन्छ। यस क्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा पनि रहेको छ।  रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ ।  रथय

रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित

ललितपुर – रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित भएको छ । अहिले दिउँसाे ४ बजेदेखि सुरु हुने रथ तान्ने तयारीका कारण अहिले लगनखेल–जावालाखेल सडकमा गाडीहरू रोकिएका छन् ।  ट्राफिक प्रहरीले अहिले नै सडक खाली नगराएको बताए पनि सडकमा गाडीहरू गुडेका छैनन् । दिउँसो ४ बजेपछि रथ तान्नका लागि तयारी गरिँदै छ । आज रथ तान्नका लागि हिजो मङ्गलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर कालाेपत्र गर्ने काम गरिएको छ । रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनुप...

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिँदै

आज रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानिँदै छ । आज दिउँसोको साईतमा रथ तान्न लागिएको हो ।आज रथलाई लगनखेलबाट जावलाखेल पुर्‍याउनसके २१ गते भोटो देखाइनेछ । रथयात्रा गत वैशाख २१ गते...

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल लगिँदै, भोटो शनिबार देखाइने

काठमाडौँ : रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिँदैछ। ३ सातासम्म लगनखेलको थतिटोल चौबाटोमा रहेको रथ दिउँसो ४ बजे जावलाखेलतर्फ लग्ने गुठी संस्थानले जनाएको छ।गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु हुन्छ। गुरुज्यूको पल्टन, बाजागाजा सहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन्। विभिन्न टोलका बासिन्दा भेला भएपछि गुरुज्यूको पल्टन, बाजागाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन्। रथलाई जावलाखेल पुर्‍याएपछि पल्टनले फेरि हर्षबढाइँ गर्ने चलन

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

काठमाण्डाै - रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरुले आजको साइत निकालेका हुन्। आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । आज रथ तान्नको लागि हिजो लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम गरिएको छ। रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो। आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो द...

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

काठमाडौँ– रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो । रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने […]