सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको नयाँ म्युचुअल फण्ड योजनालाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निष्कासन स्वीकृति प्रदान गरेको छ। कम्पनीले मंसिर ९ गते ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी म्युचुअल फण्ड सार्वजनिक गर्ने अनुमति पाएको हो। सेबोनबाट स्वीकृति प्राप्त गरेसँगै अब कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्री गर्न सक्नेछ। यसअन्तर्गत रु […]
काठमाडौं– पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ । यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम असुली भएको हो । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साँझसम्म टिकट बिक्रीबापत सात करोड ७१ लाख […]
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले […]
ललितरपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले साेही अभियानको शुभारम्भ गरेको हो। यस वर्षको अभियानको नारा ̎प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौं ̎ भन्ने रहेको छ। अभियानको शुभारम्भ गर्दै नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले महिला र बालबालिका विरुद्ध हुने हिंसा […]
काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते गठित नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् । नेकपा एमाले दोलखाका पूर्व सचिव तथा सैलुङ गाउँपालिकाका अध्यक्ष दुलाल मंगलबार प्रवेश गरेसँगै नेकपामा केन्द्रीय सदस्य भएका हुन् । उनलाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका थिए । पार्टी […]
नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नयाँ पुस्ताको ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले बढ्दो ग्राहक अपेक्षा, बजारको माग र प्रिमियम एसयूभीप्रतिको रुचिलाई मध्यनजर गर्दै नयाँ मोडल प्रस्तुत गरेको जनाएको छ। नवीनतम प्रविधि र लक्जरी सुविधासहित आएको यो एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडान […]