पछिल्लो ५ वर्षमा डेढ लाख महिला वैदेशिक रोजगारीमा, अधिकांश दिदीबहिनी खाडी मुलुकमा

फागुन २४, काठमाडौं। आज अन्तरराष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा महिला दिवस मनाई रहँदा लाखौं नेपाली महिला दिदीबहिनीहरू भने विदेशी भूमिमा पसिना बगाई रहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार ५ वर्षमा मात्रै करीब डेढ लाख महिला वैदेशिक रोजगारीमा गएका छन् । संस्थागत रुपमा श्रम स्विकृती लिएर जाने महिलाको संख्या एक लाख ३६ हजार भन्दा बढी छ भने, अवैध रुपमा विदेशीने महिलाहरू पनि ठूलो संख्यामा रहेका छन् । चालू आर्थिक वर्षको ७ महीनामा मात्रै २२ हजार ९ सय २१ जना महिला रोजगारीको लागि बिभिन्न मुलुक पुगेका छन् ।  आर्थिक वर्ष ०७७/७८ को पहिलो ७ महीनाको तुलनामा ०७८/७९ को पहिलो ७ महीनामा वैदेशिक रोजगारीमा बाहिरिने महीलाको संख्या झण्डै ७८ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ ।   गत आर्थिक वर्षको पहिलो ७ महीनामा ४ हजार ९३४ जना महिला वैदेशिक रोजगारीमा गएकोमा चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २२ हजार ९२१ जना महिला वैदेशिक रोजगारीको लागि बाहिरिएका छन् ।  पछिल्लो ७ महीनाको तथ्याकलाई हेर्दा करीब ३ लाख ४९ हजार  नेपाली श्रमिक विश्वका बिभिन्न ८४ मूलुकमा वैदेशिक रोजगारीका लागि गएका छन् । चालू आर्थिक वर्षको माघ महीनामा मात्रैं  ५४ हजार ४७० जना श्रमिक बिदेशिएको विभागको तथ्याङ्क छ । जसमा ५० हजार पुरुष र बाँकी ४ हजार हाराहारी महिला रहेका छन् । यही औसतमा बाहिरिने महिलाको संख्या कायम रहेमा यो वर्ष करीब ४० हजार बढी महिला वैदेशिक रोजगारीमा जान सक्ने विभागको आंकलन छ । कोभिड- १९ बिरुद्धको खोप उपलब्ध हुनु तथा वैदेशिक यात्रा सहज हुनुले बिदेशिनेको संख्या बढिरहेको छ । गत बर्ष कोभिड महामारिका कारण संख्यात्मक रुपमा कमी देखिएको थियो ।  पछिल्लो ५ वर्षको तथ्याकं यस्तो छ  आर्थिक वर्ष ७३/७४ मा रोजगारीका लागि विभिन्न देशमा जाने महिलाको संख्या २० हजारको हाराहारीमा थियो । ०७४/७५ मा भने उक्त संख्या ६३ प्रतिशतले वृद्धि भई करीब ३२ हजार ९ सय ६४ जना महिला वैदेशिक रोजगारीमा पुगेका थिए । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा २० हजार ५ सय ७८ जना महिला विदेशिएका थिए । यो अवधिमा सरकारले वैदेशिक रोजगारीमा महिला कामदार घरेलु शोषणमा परेको भन्दै वैदेशिक रोजगारीमा जान कडाइ गरेको थियो । साथै आर्थिक वर्ष ०७६/७७ मा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या लगभग २८ हजारको हाराहारीमा पुगेको थियो । आर्थिक वर्ष ०७७/७८ मा भने ११ हजार ४ सय ५६ जना महिलाले रोजगारिको लागि देश छोडेका छन् ।  गएको वर्ष को कोरोना महामारीको कारणले पनि वैदेशिक रोजगारीमा जाने युवा युवती को संख्या कम भएको हो । यो वर्ष कोरोना महामारी भएतापनि सरकारले वैदेशिक रोजगारीमा जान कडाइ नगरेकाले श्रम स्वीकृती दिने महिलाको संख्या बढेको  छ । साथै सरकारले वैदेशिक रोजगारीमा महिला कामदार संस्थागत रुपमा पठाउने नियम लागू गरेपछि गैरकानूनी रूपमा बिदेशिने महिलाको संख्या भने घटेको छ ।  बिगतको तथ्याकं हेर्दा ५० प्रतिशत भन्दा बढि महीला कामदार खाडिमूलुक गएका छन् । दुबै, कतार ,कुवेत, जोर्डन , मलेसिया लगायतका मुलुक नेपाली महीलाका प्रमुख रोगार गन्तव्य रहेका छन् । (प्रतिक्षा कडेल)

सम्बन्धित सामग्री

६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान

डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।...

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम […]

भारतबाट डेढ लाख टन मल ल्याउने तयारी

काठमाडौं, फागुन २ । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा […]

भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी

सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो।भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्र

डेढ लाख नगद र लागुऔषधसहित सुदर्शन पक्राउ

प्रहरीले कञ्चनपुरबाट डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती रहेका छन् ।

मौज्दातमा डेढ लाख मात्रै एमआरपी

१७ साउन, काठमाडौं । सरकारसँग वितरण गर्न बाँकी मौज्दात मेसिन रिडेबल पासपोर्ट (एमआरपी) डेढ लाख मात्रै छ । अहिलेको मागअनुसार यो परिमाणले तीन महिनाको माग धान्ने राहदानी विभागले जनाएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेकाअनुसार अक्टोबरसम्म विद्युतीय राहदानी (ई-पासपोर्ट)को छपाइ सुरु गर्ने लक्ष्य छ । उनका अनुसार ई-पासपोर्ट छपाइका लागि नेपालमा मेसिन आइपुगिसकेको छ । […]

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्।

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...

बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ

जुवा खेलिरहेको अवस्थामा बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ परेका छन्।