सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरूले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे कार्यक्रममा बोल्दै पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै उनले बजेटले त्यसलाई घटाउने प्रयास गरेको बताए ।ने