काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेलाई प्रधानमन्त्री भेटेको भन्दै व्यंग्य गरेका छन्। सत्ता समीकरण फेरिनुअघि एमालेले संसदमा प्रधानमन्त्री हराएको भन्दै चर्को आलोचना गरेको थियो। प्रतिनिधि सभाको बैठकमा बोल्दै अब सरकारलाई जनताले पनि भेट्न पाउनुपर्ने बताए। उनको भनाइ जस्ताको तस्तैः हराएको प्रधानमन्त्री भेट्ने अवसरमा पाउनुभएकामा सबैलाई बधाइ दिन चाहन्छु। अब सरकारलाई जनताले पनि भेटोस्। […]