श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी

श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्यवृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आ