प्रतिनिधि सभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताएका छन् ।