गाेरखा – गोरखामा मतपेटिका सङ्कलनकाे काम सुरु भएकाे छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने र अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चुमनुब्रीको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकामसम्म ल्याइने छ । सामागाउँ र नामरुङमा नजिकका आठ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ भने चुम्लिङ र झुङमा नजिकका छ वटा केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ । यस्तै घुम्मत र सल्लेरीमा नजिकका आठ व...